ओलीको पुस्तक विमोचन

हिमालय टाइम्स
Read Time = 1 min

साहित्यकार विष्णु ओलीको पुस्तक ‘सृष्टिभित्रका दृष्टि’ विमोचन भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राडा. सुरेन्द्र केसी प्रमुख अतिथि रहनुभएको थियो । देवी उप्रेती ओली प्रकाशक रहनुभएको उक्त कार्यक्रममा विमोचित पुस्तकमाथि डा. सीता सुवेदी पन्थीले टिप्पणी गर्नुभएको थियो । जीवनाथ अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमा डा.मधुसूदनप्रसाद लामिछानेले स्रष्टा ओलीको परिचय गराउनुभएको थियो ।

कार्यक्रममा स्रष्टा ओलीले आफ्नो पुस्तकको लेखनको पृष्ठभूमि बताउनुभएको थियो । थाहा पुस्तकालय मीनभवनमा ओयोजित कार्यक्रममा विमोचित उक्त समालोचना संग्रहमा समेटिएका समालोचनाका समालोचकलाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा सभापति घिमिरेले मन्तव्यसहित कार्यक्रम विसर्जन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?