आर्जन सहकारीको आठ प्रतिशत लाभांश पारित

हिमालय टाइम्स
Read Time = 3 mins

ललितपुर । ललितपुर कुमारीपाटीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयरधनीलाई आठ प्रतिशत नगद लाभांश दिने भएको छ । शनिबार सम्पन्न संस्थाको १४औँ साधारणसभाले गत आर्थिक वर्ष ०७९/०८० को वार्षिक प्रतिवेदन र चालु आर्थिक वर्षको अनुमानित बजेट पारित गर्दै लाभांश पारित गरेको हो ।

सो अवसरमा संस्थाका अध्यक्ष प्रवीण सुवेदीले वार्षिक प्रतिवेदन पेश गर्दै गत आर्थिक वर्ष २०७९/०८० सम्ममा संस्थाको चुक्ता सेयर पुँजी तीन करोड ३९ लाख ६७ हजार नौ सय रुपैयाँ पुगेको जानकारी दिनुभयो । संस्थाको कारोबारमा भने अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा १२.१० प्रतिशतले संकुचन आई २९ करोड ५३ लाख ६० हजार दुर्ई सय ८२ रुपैयाँ रहेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

गत आवमा संस्थाले २२ करोड ३६ लाख दुर्ई हजार दुर्ई सय २४ रुपैयाँ बराबर निक्षेप संकलन गरी २३ करोड २१ लाख सात हजार तीन सय रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवमा संस्थाले सात करोड १० लाख ९४ हजार रुपैयाँ नयाँ कर्जा लगानी गरेको र सोही अवधिमा १३ करोड दुर्ई लाख सात हजार चार सय ९० रुपैयाँ कर्जा असुली गरेको जनाएकोे छ ।

गत आवमा आयकरपछिको खुद नाफा ७६ लाख आठ हजार छ सय ६४ रुपैयाँ आर्जन गरेको संस्थाले चालु आवमा तीन करोड ५० लाख सेयर पुँजी पुर्‍याउने, २५ करोड निक्षेप पुर्‍याउने, २५ करोड कर्जा लगानी पुर्‍याउने, ब्याज आम्दानी चार करोड पु¥याउने र खुद नाफा एक करोड १० लाख पुर्‍याउने लक्ष्य लिएको छ ।

साधारणसभामा राष्ट्रिय सहकारी बैंक लगनखेल शाखाकी प्रमुख रमा घिमिरेले पछिल्लो समयमा सहकारीमा देखिएको समस्याको एउटा कारण सञ्चालक र सदस्यबीचको निकटतामा कमी भएको बताउनुभयो । सञ्चालक समिति उपाध्यक्ष समिर महर्जनले सहकारी भन्नेबित्तिकै तर्सिने वातावरण सिर्जना भएको अवस्थामा आफूहरू सेयर सदस्यलाई विश्वासमा लिएर काम गर्न सफल भएको बताउनुभएको थियो । कार्यक्रममा संस्थाका सेयर सदस्य केशव भट्टराई, ऋण उपसमितिका संयोजक रूपक बाराहीलगायतले पनि संस्थाका बारेमा चर्चा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?