भगवती हाइड्रोपावरले ५ भदौदेखि प्रिमियममा सर्वसाधारणलाई आइपिओ खुला गर्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५ भदौदेखि सर्वसाधारणलाई आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपिओ बिक्री गर्न लागेको हो । सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री भइसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् ४२ हजार ९०५ कित्ता सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ ८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ १९ गतेसम्म खुला रहनेछ । केयर रेटिङ नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

भगवतीले पोखरा महानगरपालिका वडा नम्बर २६ मा ४.५ मेगावाट क्षमताको ‘विजयपुर १ साना जलविद्युत आयोजना’ निर्माण गरिसकेको छ । आयोजनाको कुल  अनुमानित लागत ६९ करोड ६८ लाख रुपैयाँ र प्रतिमेगावाट अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?