बाँकेमा ‘संविधानका पिता’ काे सम्झनामा रक्तदान

Read Time = 2 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । नेपाली काँग्रेसका पुर्व सभापति स्वर्गीय सुशील कोइरालाको ८४ औँ जन्म जयन्ती मनाइएको छ ।

एक औपचारिक समारोहका बीच नेपाली काँग्रेस बाँकेको आयोजनामा स्वर्गीय कोइरालाको जन्म जयन्ती मनाइएको हो । उक्त अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । रक्तदानको अवसरमा दुई दजर्जन बढिले रक्तदान गरेको जिल्ला सभापति नारायण प्रसाद गौडेलले बताउनुभयो ।

उहाँका अनुसार कोइरालाको सम्झनामा सामाजिक कार्य गरिएको हो । गौडेलले भन्नुभयो,'उहाँको सादगीपनको सबैले सिको गर्नुपर्छ । उहाँ पाटी मात्रै होइन देशको अभिभावक हुनुहुन्छ । उहाँको सम्मानका लागि कार्यक्रम गरिएको हो । ' सभापति गौडेलका अनुसार स्वर्गीय कोइरालाको अगुवाइमा अहिलेको संविधान बनेको हो । उहाँलाई संविधानका पिताका रूपमा सबैले सम्झना गर्नुपर्नेमा जोड दिन भयो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख समेत रहनु भएको युवा नेता पूर्ण प्रसाद आचार्यका अनुसार कोइरालाका सादगीपन नेपाली काँग्रेसका हरेक कार्यकर्ताका निम्ति प्रेरणाको स्रोत हो ।

संविधान बनाउन कोइरालाले खेलेको भुमिका चीरकालसम्म नेपाली जनताले सम्झिरहने उहाँको भनाई थियो । जन्म जयन्तीमा नेपाली काँग्रेस बाँकेका सक्रिय नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?