मुख्यमन्त्रीकाे जवाफ नआएपछि एमालेद्वारा कर्णालीमा प्रदेशसभा बैठक अवरुद्ध

हिमालय टाइम्स
Read Time = 2 mins

सुर्खेत । कर्णाली प्रदेश सभाको मङ्गलबार बसेको बैठक अवरुद्ध भएको छ ।

मुख्यमन्त्री राजकुमार शर्माले संसदमा जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो ।

सोमबार बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले दुईवटा विषयमा समस्या समाधानको योजना सहित मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राख्नुभएको थियो ।

माग राख्ने क्रममा उहाँले आगामी पहिलो बैठकमै जवाफ नदिए बैठक अवरुद्ध गर्ने चेतावनी सोमबारै दिनुभएको थियो । बाढी, पहिरो, डुबान र हवाई सेवा उडान सम्बन्धी समस्या समाधानको योजना सहित सभामा प्रस्तुत हुनुपर्ने माग राखिएको छ । अविरल वर्षातका कारण विभिन्न क्षेत्रमा बाढी पहिरो र डुबान भइरहेको छ ।

त्यससम्बन्धमा सरकारले विशेष योजना बनाउनुपर्ने माग छ । विमानस्थल कार्यतालिको बमोजिम नागरिक उडड्यन प्राधिकरणले हवाई सेवा उडान गर्ने निर्णय गरेको छ । त्यसका कारण हिमाली जिल्लाका नागरिक पीडामा परेको भन्दै त्यसको विरोध जनाएका छन् । यस विषयमा ठोस योजना प्रस्तुत हुनुपर्ने सांसदहरुको माग छ । साथै, प्रदेशसभाको बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?