एमाले अध्यक्ष ओली र नेता रावलबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । १० औँ महाधिवेशनमा पराजित बनेसँगै पार्टीमा असन्तुष्ट रहनुभएका एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष ओली र रावलबीच आज एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।

१० औँ महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेसँगै उहाँबीच मनमोटाव सुरु भएको थियो । ओलीसँग पराजित भएपछि रावलले केन्द्रीय सदस्यमा मनोनित हुनसमेत नमानी एमालेमा झण्डै निक्रिय जस्तै हुनुहुन्थ्यो । त्यसपछि गत आम चुनावमा पार्टीले उम्मेदवार नबनाएपछि रावलले एमाले छाड्ने हल्ला समेत चलेको थियो ।

एमाले उपाध्यक्ष विष्णु पौडेल सहभागी कार्यक्रममा अछाममा नाराबाजी भएपछि रावलसँग वार्ता गर्न पौडेलको संयोजकत्वमा कार्यदल बनाइएको थियो । तर उक्त कार्यदलले कुनै नतिजा दिन सकेन । तर, एकाएक आज भएको दुई नेताबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?