महालक्ष्मी कर्पोरेट क्रिकेटका १२ खेल सम्पन्न

Read Time = 4 mins

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो । लिगमा १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी छन् । तीन दिन चल्ने लिगको दोस्रो दिन सम्पन्न १२औँ खेल प्राइम बैंकले जितेको छ ।

प्राइमले महालक्ष्मी विकास बैंकलाई २३ रनले हराएको हो । उक्त खेलमा प्राइमका कितार्थ शाक्य म्यान अफ द म्याच घोषित हुनुभयो । प्रभु बैंकविरुद्धको १३औँ खेल एनएमबी बैंकले सात विकेटले जितेको छ । उक्त खेलमा एनएमबीका अनिल बर्तौलाले म्यान अफ द म्याचको उपाधि पाउनुभयो । १४औँ खेल महालक्ष्मी विकास बैंकले जितेको छ । सिटिजन्स बैंकसँगको खेल महालक्ष्मीले ४३ रनले जितेको हो । महालक्ष्मीका सागर गुप्ता म्यान अफ द म्याच घोषित हुनुभयो ।

१५औँ खेल सनराइज बैंकले हिमालयन बैंकलाई पाँच विकेटले हरायो भने म्यान अफ द म्याचको उपाधि मनोज विष्टले पाउनुभयो । १६औँ खेलमा गरिमा विकास बैंकलाई ४८ रनले पछि पार्दै कामना सेवा विकास बैंक विजेता बनेकोमा कामना सेवाका समीर क्षेत्री म्यान अफ द म्याच घोषित हुनुभयो । १७औँ खेलमा एनएमबी बैंकलाई एक विकेटले पछि पार्दै एनआइसी एसिया बिजेता बन्यो भने एनआइसी एसियाका सनम धामी म्यान अफ द म्याच घोषित हुनुभयो । १८औँ खेल कुमारी बैंकलाई ४८ रनले हराउँदै कामना सेवा विकास बैंकले जितेको छ भने कामना सेवाका रिमेश रेग्मी म्यान अफ द म्याच घोषित हुनुभएको छ ।

१९औँ खेल सनराइज बैंकले पाँच विकेटले जितेको छ भने म्यान अफ द म्याचको उपाधि सनराइजका मनोज विष्टले पाउनुभएको छ । २०औँ खेलमा कुमारी बैंकलाई दुई रनले हराउँदै लुम्बिनी विकास बैंक विजेता बन्यो भने म्यान अफ द म्याचको उपाधि लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधानले पाउनुभयो । २१औँ खेलमा माछापुच्छ्रे बैंकले आइसिएफसी फाइनान्सलाई पाँच विकेटले हरायो भने माछापुच्छ«ेका श्रीजन सुवेदीले म्यान अफ द म्याचको उपाधि पाउनुभयो । त्यस्तै, २२औँ खेल सिटिजन्स बैंकले चार विकेटले जितेको छ भने म्यान अफ द म्याचको उपाधि सिटिजन्सका सुमन पोखरेलले पाउनुभएको छ । २३औँ खेल लुम्बिनी विकास बैंकले १८ रनले जित्यो भने म्यान अफ द म्याच लुम्बिनीका देव साहले प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?