काठमाडौं आइपुग्यो चिनियाँ जनमुक्ति सेनाको टोली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आइपुगेको छ ।

तिब्बत कमान्डोका मेजर जनलर यूए एन्देको नेतृत्वको आठ सदस्यीय टोली काठमाडौं आएको हो । उक्त टोलीले स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी सागरबहादुर थापा पुग्नुभएको थियो ।

काठमाडौं आएलगत्तै उक्त टोलीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ ।

जङ्गी अड्डामा भएको उहााहरुबीच शिष्टाचार भेटघाटमा दुईपक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको जनाइएको छ । चिनियाँ सेनाको टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयलगायतका सैनिक इकाइहरूका भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?