अशोक मंगोलियातर्फ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालका तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मंगोलियामा हुने इस्ट एसियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्नुहुने भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया र मंगोलियाको खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा हुने सो खेलकुद मेलामा तेक्वान्दोतर्फ निर्णायकका लागि दक्षिण एसियाबाटै एकमात्र रेफ्रीका रूपमा अशोकको चयन भएको हो ।

अशोक हाल दक्षिण कोरियामा रहनुभएको छ । दुई हप्ताअघि विश्व र्‍याङ्किङ जी-२ प्रतियोगिताको किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न अशोक दक्षिण कोरियाको मुजु जानुभएको थियो । अशोक दक्षिण कोरियाबाट नै मंगोलियाको उलानबाटर प्रस्थान गर्नुहुनेछ । प्रतियोगिता अगस्ट १६ देखि २२ तारिखसम्म हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?