सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पेसी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको पेसी आजको लागि तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको यस पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्नेछ ।

विभिन्न कारण देखाएर निरन्तर स्थगन हुँदै आएको उक्त मुद्दाको पेसी आज पहिलो नम्बरमा रहेको छ।

बलात्कार आरोपमा मुद्धा खेपिरहेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन । तर सन्दीपको मुद्धा यसअघि पटक-पटक स्थगित भएका कारण मुद्दाको सुनुवाइ आज पनि निरन्तर होला कि नहोला भन्ने अन्योलता कायमै रहेको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताउनुभयो ।

यसअघि क्षतिपूर्तिका विषयहरू उठाएर फाइनल बहस धकेलिएको कानुन व्यवसायी घिमिरेले बताउनुभयो । अब क्षतिपूर्तिको विषय किनारा लागि सकेकाले अन्तिम सुनुवाइ स्थगित गर्नुपर्ने कुनै कारण नभएको उहाँको भनाइ छ ।

आजको अन्तिम सुनुवाइ पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्नेछ । २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा यसअघि नै २४ पटक पेसीमा चढिसकेको छ । सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?