दुजाङ शेर्पाप्रति नेविसंघमा असन्तुष्टि बढ्दो, केन्द्रीय समितिबाट राजीनामा दिनेको लाम

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल विद्यार्थी संघ श‌ंकरदेव क्याम्पस इकाइ समिति सभापति विवेक लामा घिसिङले नेविसं‌घ केन्द्रले गरिररहेका गतिविधिहरूप्रति आपत्ति जनाउँदै आउउनु भएकाे छ । विधान सम्वत नेविस‌ंघ अध्यक्ष दुजाङ शेर्पाले संगठन चलाउन नसकेको भन्दै नेविसंघका पछिल्ला गतिविधिहरूप्रति लामाले असन्तुष्टि जनाउँदै आउनुभएकाे हाे ।

२२ साउनमा कांग्रेसले शेर्पाको अध्यक्षतामा गठिन नेविसंघ केन्द्रीय समितिमा ७१० सदस्य  मनोनयन गरेकोमा लामा पनि केन्द्रीय सदस्य मनोनित हुनुभएकाे थियाे । तर, आफूसँग सल्लाह नै नगरेर नेविसं‌घ केन्द्रीय समितिमा राखेको र अन्य थुप्रै विद्यार्थी नेताहरूको भावना समेट्न नसकेको भन्दै लामाले केन्द्रीय सदस्य नरहने गरी २० मिनेटभित्रै राजीनामा दिनुभयाे ।

'नेविसंघ विधान अनुसार चल्न सकेन। देशभरका थुप्रै विद्यार्थी नेताहरूको भावना समावेश भएन। म शंकरदेवको अध्यक्ष छु नै। मैले यहाँ रहेर संगठन सुदृढ गर्ने हो। जुन म गरि पनि रहेको छु। तर, म सँग सल्लाह नै नगरी केन्द्रीय समितिमा राखियो। यसप्रति मेरो आपत्ति छ,' लामाले भन्नुभयाे ।

उहाँले शंकरदेवमा संगठनको विधान अनुसार नेविसंघको नेतृत्व निर्वाचन प्रणालीबाट आफूले हस्तान्तरण गर्न चाहेको बताउनु भयाे । त्यसका लागि नेविसंघ केन्द्रीय समिति विधि र पद्धति अनुसार चल्नु पर्नेमा उहाँको जोड् छ।

आफूसँग सल्लाह नै नगरी स्ववियुमा नेविसं‌घविरुद्ध स्वतन्त्र उठेका व्यक्तिलाई सहयोग गरेका व्यक्तिलाई इकाइ सभापतिको पत्रसमेत दिइएको भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।

'अहिले पार्टीप्रति युवाहरूको आकर्षण घट्दो छ। जिम्मेवारिमा रहेका नेताहरूको कमजोरीका कारण यस्तो अवस्था सिर्जना भइरहेको हो। हामी जस्तो संगठनका लागि केही गर्छौं भनेर लागि रहेका युवाहरूलाई प्रेरित हुने खालका कार्यक्रम पार्टीले ल्याउनुपर्छ। त्यसका लागि म पार्टीसँग जोडदार माग गर्द छु,' उहाँले भन्नुभयाे।

लामामात्र होइन, नेविसंघ केन्द्रीय समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै एलिजा ढकाल र मुकेश घिमिरेलगायतले पनि  केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्।

गत साउन २२ गते सभापति शेरबहादुर देउवाले ७१० सदस्यीय नेविसंघ गठन गर्दा समावेशी नभएको भन्दै चर्को विरोध भइरहेको हो ।

विद्यार्थी नेताहरूको असन्तुष्टिलाई सम्बोधन गर्नुको साटो त्यसलाई थप विवादित तुल्याउन नेविसंघ अध्यक्षले नै भूमिका खेलिरहेको विद्यार्थी नेताहरूको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?