कालिका मानवज्ञान विद्यालय कक्षा १२ परीक्षा नतिजामा नेपाल प्रथम भएको दाबी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । बुटवलको कालिका मानवज्ञान विद्यालयले कक्षा १२ परीक्षा नजिजामा नेपाल प्रथम भएको दाबी गरेको छ ।

राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार विज्ञान समुहका कैलाश दवाडीले ३.८८ जीपीए व्यवस्थापन समुहका अर्जुन अधिकारीले ३.८८ जीपीए, कानुन समुहका वर्षा पाण्डे, अमृता घर्ती र रोसीका आचार्यले ३.७१ जीपीए, प्राविधिकतर्फ आशिस पन्थीले ३.८५ जीपीए, मानविकी समुहका कुशल आचार्यले ३.३८ जीपीए, शिक्षा समुहका मनोज नेपालीले ३.५४ जीपीए हासिल गरी उत्कृष्ट नतीजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले वताउनु भयो । ‘यो नतीजा सामुदायिक विद्यालय तर्फ नेपाल प्रथम हो ।’—थापाले भन्नु भयो ।

विद्यालयबाट परिक्षामा सहभागी कानुन, बिज्ञान, ब्यबस्थापन, शिक्षा र मानबिकि संकायमा समग्रमा ८८ प्रतिशत विद्यार्थी उत्र्तिण भएको थापाले बताउनु भयो । विज्ञान संकायमा मात्र ९७.७५ प्रतिशत विद्यार्थीहरु उर्तिर्ण भएका छन् । कक्षा १२ मा विद्यालयबाट कुल १ हजार ४ सय ६८ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये विभिन्न समुहमा अंक ल्याएका छन ।

जसमध्ये ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने ८८ जना, ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए ल्याउने ५ सय ४९ जना, २ दशमलव ८ देखि ३ दशमलव २ जिपिए ल्याउने ४ सय ७५ जना, २ दशमलव ४ जिपिए देखि २ दशमलव ८ जिपिए ल्याउने १ सय ६४ जना र २ दशमलव ४ जिपिए ल्याउने ९ जना रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?