सन्दीपविरुद्धको बलात्कार मुद्दामा पीडित र आमाको उमेर यकिन गर्न आदेश

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ र उनकी आमाको उमेर यकिन गर्न आदेश जारी गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित पक्षले पेस गरेका कागजात र विपक्षी लामिछानेका पक्षले पेस गरेको कागजातमा उमेर फरक परेको देखिएपछि आमासहितको उमेर यकिन गर्ने आदेश जारी गरेको हो ।

जाहेरीवालातर्फका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले गौशाला २६ र आमाको उमेर नौ वर्ष मात्र फरक देखिने गरी कागज पेस गरेपछि त्यसको यकिनका लागि गौशाला–२६ र उनकी आमाको उमेर यकिन गर्ने आदेश भएको जानकारी दिनुभयो । ‘उहाँहरूले त करणी भएकै छैन, कुर्सीमा बसेर बाहिर आएको दाबी गर्नुभएको छ । तर, फेरि नाबालिग नभएको प्रमाण जुटाउन मिहिनेत गरिरहनुको कारण बुझ्न सकिएन,’ वरिष्ठ अधिवक्ता रेग्मीले भन्नुभयो, ‘पीडितका पक्षबाट बुझाइएका डकुमेन्टमा कुनै समस्या छैन । उहाँहरूले पेस गरेको डकुमेन्टमा उमेर फरक परेपछि त्यसमै छलफल भएर उमेर यकिन गर्ने आदेश भएको हो ।’

पीडित गौशाला-२६ का तर्फबाट पेस भएको कागजातमा उनको उमेर ०६२ जेठ उल्लेख भए पनि सन्दीप पक्षले ०६१ जेठ जन्ममिति भएको कागजात पेस गरेको छ । यस्तै, बसाइँसराइसम्बन्धी कागजमा गौशाला-२६ की आमाको जन्ममिति २०५३ साल देखिएको छ । उल्लिखित उमेरअनुसार आमा-छोरीको उमेर १० वर्ष मात्रै फरक देखिएपछि वडामार्फत उमेर यकिन गर्ने आदेश भएको हो ।

जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध ०७९ भदौ २१ मा बालिकाले काठमाडौंको गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । जाहेरीका बेला राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका सन्दीपलाई प्रहरीले अनुसन्धान सुरु गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?