संसदको अवरोध हटाउनेबारे प्रधानमन्त्रीसँग छलफल गर्दै सभामुख घिमिरे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसँग छलफल गर्दै हुनुहुन्छ। घिमिरेले अहिले ९ बजे बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न लाग्नुभएको हो ।

संसद अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि पाँचपटक छलफल गरिसक्नुभएको छ ।

सुन प्रकरणबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद राजस्व अनुसन्धान विभागले करिब सय किलो भनिएको तस्करीको सुन बरामद गरेको थियो । तर मंगलवार गालेर जोख्दा ६० किलो मात्र सुन भएको पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?