बाबुराम गौतम र अशोक मण्डल माओवादी केन्द्रीय सदस्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा दुईजनालाई मनोनीत गरेको छ ।

माओवादीले ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको हो ।

गत साउन १७–२१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महिलाको प्रतिनिधित्व पुर्‍याउन २२ जना थप गरेको थियो ।

दुईजना थप गरिएसँगै माओवादीको केन्द्रीय समिति ४०९ सदस्यीय बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?