रुससँग वार्ता गर्न पश्चिम अनिच्छुक : रुसी विदेशमन्त्री

Read Time = 3 mins

मस्को । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन मुद्दामा मस्कोसँग वार्ता गर्न पश्चिमी राष्ट्रहरू इच्छुक नभएको बताउनुभएको छ । रुसलाई निमन्त्रणा नगरी जेद्धा र कोपेनहेगनमा युक्रेनको विषयमा पश्चिमी राष्ट्रहरूले बहुपक्षीय बैठकहरू गरेका छन् । विदेशमन्त्री लाभरोभले अन्तर्राष्ट्रिय मामिला पत्रिकासँगको शनिबारको अन्तर्वार्तामा भन्नुभएको छ, सो छलफल युक्रेनी राष्ट्रपतिको शान्ति योजनालाई समर्थन गर्ने वातावरण निर्माण गर्न आयोजना गरिएको भनिएको छ तर रुसको बुझाइ र चाहानालाई भने पूर्णरूपमा इन्कार गरिएको छ ।

रुस सधैं फलदायी वार्ताका लागि तयार रहेको बताउँदै पूर्वी युक्रेनमा द्वन्द्व समाधान गर्ने उद्देश्यले किभलाई मिन्स्क सम्झौताहरू कार्यान्वयन गराउन वर्षौंदेखि प्रयास गरेको विदेश मन्त्रीको दाबी छ । विशेष सैन्य कारबाहीको पहिलो दिनदेखि नै वार्ता सुरु गर्ने युक्रेनको प्रस्तावमा रुसले प्रतिक्रिया दिएको थियो । तर, सन् २०२२ मा पश्चिमी दबाबमा युक्रेनले वार्ता रोकेको उहाँको टिप्पणी छ ।

त्यसपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी नेतृत्वसँग कुनै पनि प्रकारको वार्ता गर्न निषेध गरेको लाभरोभको आरोप छ । पश्चिमी प्रायोजकहरूले लगातार युक्रेनलाई बिग्रँदो स्थिति थप भयावह बनाउन दबाब दिएका छन् । अहिले युक्रेनमा रुस र पश्चिमबीच वार्ताको कुनै सम्भावना नदेखिएको पनि विदेशमन्त्रीको बुझाइ छ ।

पश्चिमी राष्ट्रहरूको वार्ताको आहृवान थकित युक्रेनी सेनालाई विश्राम दिलाउन र समय घर्काउन खेलिएको रणनीतिक चालको रूपमा मात्र रुसले बुझेको पनि मन्त्री लाभरोभले उल्लेख गर्नुभएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?