आशिष र अजयको गाईजात्रे कोशेली ‘दिल्लीको मुर्रा’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यस वर्षको गाईजात्रालाई लक्षित गर्दै कलाकार आशिष शाह ठकुरी र अजय शाह ठकुरीले कमेडी कोसेली ‘दिल्लीको मुर्रा’ सार्वजनिक गर्नुभएको छ । राजनीतिक, आर्थिक, सामाजिकलगायत विभिन्न विषयवस्तु समेटिएको ‘दिल्लीको मुर्रा’मा देशमा वर्षभरि घटेका विषयवस्तुमाथि चेतनात्मक रूपमा व्यंग्य प्रस्तुत गरिएको छ ।

पछिल्लो समय रोजगारीका लागि कोरिया पुग्नुभएका आशिष र अजयले ‘दिल्लीको मुर्रा’ उतैबाट सार्वजनिक गर्नुभएको हो । रेडियो कान्तिपुरको हाँस्यव्यंग्यात्मक कार्यक्रम ‘गज्जब छ बा’, आशिष र अजयले कान्तिपुर टेलिभिजनको हाँस्य सिरियल ‘ट्वाक्क टुक्क रिर्टन्स’लगायत थुप्रै सिरियल र स्टेज कार्यक्रममा अनुभव संगाल्नुभएको छ ।

‘दिल्लीको मुर्रा’को छायांकन अजय शाह र सम्पादन आशिष आफैंले गर्नुभएको छ । करिब १७ मिनेटको भिडियोसहितको ‘दिल्लीको मुर्रा’ चौतारी नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । आशिषले गतवर्ष ‘बालकोटको बार्दली’ सार्वजनिक गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?