चन्द्रमामा अवतरण अगावै दुर्घटनामा पर्‍यो रुसको लुना–२५ यान

Read Time = 2 mins

एजेन्सी । रुसको लुना-२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटनाग्रस्त भएको छ । रुसले यो अभियान भारतको चन्द्रयान ३ मिशनको केही दिनपछि सुरु गरेको थियो । यो मानवरहित यानले चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्टट ल्याण्डिङ गर्न लागेको थियो तर त्यसअघि नै प्राविधिक गडबडी र सम्पर्क टुटेको जानकारी आएको थियो ।

रसियाको राज्य अन्तरिक्ष एजेन्सी रोसकोसमोसले आइतवार बिहान बताए अनुसार शनिबार अपराहृन १४ः५७ (११ः५७ जीएमटी) को केही समयपछि लुना-२५ सँग सम्पर्क टुटेको थियो । यो अपरिचित कक्षमा गएर चन्द्रमाको सतहसँग ठोक्किएको बयानमा भनिएको छ । रुसले चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न भारतको चन्द्रयान-३ सँग प्रतिस्पर्धा गरिरहेको थियो ।

भारतको चन्द्रयान-३ २३ अगस्तमा चन्द्रमाको सतहमा अवतरण गर्ने तयारीमा छ । अहिलेसम्म कुनै पनि देशले चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न सकेको छैन । यद्यपि अमेरिका र चीनले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरेका छन् ।

पछिल्लो झण्डै ५० वर्षमा रुसको चन्द्रमामा यो पहिलो अभियान थियो । यो यान सोमबार अवतरण हुने थियो । लुना २५ चन्द्रमाको त्यो भागको अनुसन्धान गर्न गएको थियो जहाँ वैज्ञानिकले जम्मा भएको पानी र धेरै मूल्यवान तत्वहरू फेला पार्ने अपेक्षा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?