तिमिल्सिनाको कविताकृति ‘अन्त्य कहाँबाट सुरु हुन्छ ?’ लोकापर्ण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कथाकार देविका तिमिल्सिनाको कविताकृति ‘अन्त्य कहाँबाट सुरु हुन्छ’ लोकार्पण गरिएको छ । देविकाको जन्मदिनको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि नगेन्द्रराज शर्मा, प्राडा.गोविन्दराज भट्टराईलगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।

सार्वजनिक कविताकृतिमाथि चर्चा गर्दै प्राडा.भट्टराईले देविकाका कविताहरूमा आफ्नो समयविरुद्ध, शासकविरुद्धको आक्रोश तीव्र देखिएको सुनाउनुभयो । उहाँका कवितामा अस्तित्ववादी चिन्तन पनि भेटिने बताउँदै डा.भट्टराईले संगृहित कवितामा रचनाकाल उल्लेख भएको भए राम्रो हुने बताउनुभयो ।

भाषा आयोगका सदस्य मातृका पोखरेलले प्रगतिशील लेखन तथा कवि तिमिल्सिनासँगको संगतको चर्चा गर्नुभयो । कवि तिमिल्सिनाले यस कृतिमा अहिलेको समाज र समयलाई प्रतिबिम्बित गर्ने कवितामात्रै समेटिएको सुनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?