कोशी प्रदेश मुख्यमन्त्रीले विश्वासको मत लिँदै

एमालेका सदस्य अनुपस्थित हुने, बैठकमा नजान राप्रपाको निर्देशन

Read Time = 2 mins

विराटनगर । आज कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ ।

कोशी प्रदेशको मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

तत्कालिन सभामुखलाई राजिनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त हुनुभएका थापाले आज विश्वासको मत लिन लाग्नुभएको हो । तर, विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भए पछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिए पनि अन्यौल बढेको सत्तारूढ दलका नेताहरुले जनाउँदै आएका छन् । उपसभामुख दनुवारले सभाको अध्यक्षता नगर्ने भए पछि सत्तारूढ दल सशंकित हुँदै आएको छ ।

सो बैठक अघि नेकपा एमाले र राप्रपाका आठ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिए पछि थापाको सरकार थप संकटमा परेको छ । मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुने जनाईएको छ ।

राप्रपाका प्रदेशसभा सदस्यहरू आजको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएका छन् ।

कोशी प्रदेशमा राप्रपाका ६ जना सांसद छन् । उनीहरूलाई बैठकमा अनुपस्थित हुन पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले निर्देशन दिनुभएको छ । पाटीको निर्देशन आएकै कारण आजको बैठकमा सहभागी नहुने राप्रपाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले बताउनुभयो ।

कोशीमा गठबन्धनका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

कोशी प्रदेशसभामा नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसद छन् । सदनमा एमाले र राप्रपा साथै छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?