यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ६८ पैसा र बिक्री दर १३३ रूपैयाँ २८ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २५ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ९४ पैसा र बिक्री दर १६९ रूपैयाँ ७१ पैसामा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२ रुपैयाँ र बिक्री दर ८५.४१ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५४ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसामा खरिदबिक्रीको अनुमति पाएसँगै दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८८ पैसा र बिक्रीदर ९ रूपैयाँ ९२ पैसा कायम गरिएको छ ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३७ रुपैयाँ र बिक्री दर ३५.५३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६७ रुपैयाँ कायम हुँदा कुवेत दिनार १ को खरिदमूल्य ४३०.६१ पैसा विक्रीदर ४३२.५६ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?