राष्ट्रपतिसँग जापानी सांसदहरुको भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानको संसद्को माथिल्लो सदनका सांसदहरू साथै नेपाल–जापान संसदीय मैत्री समूहका सदस्यसमेत रहनुभएका कोबायाशी काजुहिरो र नागइ मान्बुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवम् मैत्रीपूर्णसम्बन्ध रहेको बताउँनुभएको प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा राष्ट्रपति पौडेले नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास तथा सुदृढीकरणमा जापान सरकारले निरन्तर पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?