बुटबलमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 7 mins

रुपन्देही । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धी तालिम आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सम्पन्न भएको छ ।
अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार व्यवस्थापन गर्ने ? बिषालु सर्पको पहिचान गर्नुका साथै आवश्यकता अनुसार उचित ठाँउमा रिफर गर्नु का साथै आत्मविश्वास दिलाउने भन्ने विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सचेत पार्ने उद्देश्यले तालिम आयोजना गरिएको हाे ।

स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजना तथा फेएरमेड फाउन्डेशन नेपाल आधारभूत स्वास्थ्य परियोजना बुटबलको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित तीनदिने तालिमको समापन भएको हो।

समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शुदर्शन थापा क्षेत्रीले सर्पदंश महत्व डाक्टर पढेर मात्रै नजानिने तर तालिम अनुभवबाट धेरै कुरा जानकारी हुने बताउनु भयाे । एक दिनमा सकिने कोर्ष ३ दिन लगाएर दिएको तालिम महत्वपूर्ण रहेको उहाँले बताउनु भयो। उहाँले सर्पदंश उपचारको औषधी जनचेतना र सबैभन्दा अस्पतालमा पुर्याउन ढिला नहुने गरी आआफ्नो स्थानीय क्षेत्रमा तयारी ब्यबस्थापनमा ध्यान दिँदै सेवा दिनु पर्ने बताउनु भयो।

डा थापा क्षेत्रीले तालिम प्राप्त र अनुभवी स्वास्थकर्मी विशेषज्ञ चिकित्सकलाई समेत सिकाउन सहयोग गर्न सक्नुहुन्छ र गरिरहनु भएको छ । यो सिजनमा बच्चाले पेट दुख्यो मात्रै भन्दा पनि हामी सतर्क भइ कतै सर्पले डसेको त होइन भनेर ख्याल राख्नुपर्ने हुन्छ । शंका लागे जतिसक्यो छिटो अस्पतालमा पठाउने वा जाने भन्ने सन्देश समेत सबैलाई पुर्याउन डा थापाले आग्रह गर्नु भयो।

उहाँले अधिकांश बिरामी ढिला अस्पतालमा ल्याउने अनि स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले व्यवस्थापन गर्न नसक्दा दुर्घटना हुने गरेको भन्दै त्यो हुन नदिने यस्ता तालिमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो।

समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेट्रोन ज्योति पौडेलले समयमै अस्पताल तथा स्वास्थ्य संस्थामा ल्याउन ढिलाईले निम्त्याउने दुर्घटनाको न्युनिकरण गर्न यो तालिम महत्वपूर्ण भएको बताउनु भयो । गर्मीयामको सुरुवातसँगै सर्पदंशका बिरामी बढ्ने भएकाले सचेत गराउन सबैलाई आग्रह गर्नु भयो।

कार्यक्रममा बोल्दै फेएरमेड फाउन्डेशन नेपाल आधारभुत स्वास्थ्य परियोजनाका साझेदारी तथा स्वास्थ्य सुशासन विशेषज्ञ तुल्सीराम खनालले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम दिने काम हाम्रो भयो तर बिरामी बचाउने काम तपाईहरुको काँधमा आएको बताउनु भयो।
उहाँले स्थानिय तथा अस्पतालमा उपचारमा आउनेलाई जनचेतना जगाउने काम गर्न आग्रह गर्नु भयो।

तीन दिनसम्म चलेको तालिममा लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक डा सुरेन्द्र कुँबर, डा शुनिल सुनार डा शम्भु खनाल,डा शमीर आचार्य र भेरी अस्पताल का डा.कृष्ण प्रसाद अधिकारी र सर्पदंश बिशेषज्ञ कमल देवकोटाले सहभागीलाई सहजीकरण गर्नु भएको थियो।

तालिममा लुम्बिनी प्रादेशिक अस्पताल बुटबल,रुकुम पुर्व अस्पताल,रोल्पा अस्पताल प्युठान अस्पताल,पृथ्वी चन्द्र अस्पताल चिसापानी अस्पताल बर्दिया प्राथामिक स्वास्थ्य केन्द्रका चिकित्सक , प्यारामेडिक्स र नर्सिंग कर्मचारीको सहभागीता रहेको थियो।

तालिममा सर्पको पहिचानदेखि उपचार व्यवस्थापन सम्म जानकारी प्रवाह गरिएको स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवालीले वताउनु भयो ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी भेरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, बर्दिया अस्पताल र लमही सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामी बढी आउने गरेको तथ्याक रहेको ज्ञावलीले बताउनु भयो।

लुम्बिनी प्रादेशिक अस्पताल बुटबल नेग्लेटेड ट्रोपिकल डिजिज युनिट ईन्चार्ज दया सागर पन्थीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा २०७९ साउन देखी असार सम्म ६सय ३३ जना सर्पदंश बिरामी आएका मध्ये ११ जनाको मृत्यु भएको बताउनु भयो।

उहाँले यस आर्थिक बर्षको साउनमा सर्पले टोकेका १६४ तिमध्ये बिषालु सर्पको टोकाई भएका १९ जना रहेको बताउनु भयो।

कार्यक्रम संचालन स्वास्थ्य तालिम केन्द्र का बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवाली गर्नु भएको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?