ओलीको उदयसँगै राजनीतिमा घृणा शुरु भयो : घनश्याम भुसाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा शुरु भएको आरोप लगाउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानातान, भत्र्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गर्नुभयो । उहाँले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै अहिले ओली भन्दा पनि १० हातमाथि गएर निन्दा भत्र्सनामा उत्रिनेहरु आएको उल्लेख गर्नुभयो ।

उहाँले ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाउनु भयो । उहाँले अध्यक्ष ओलीका कारण बाम आन्दोलनको सबै सम्भावना टुटेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिमा जब हाम्रो ओली कमरेडको उदय शुरु भयो, त्यसपछि नेपालको राजनीतिमा घृणाको, निन्दाको, खुट्टा तानातानको, भत्र्सनाको गालीको यो एउटा परम्परा, संस्कृति हुँदै गयो । अहिले त ओलीजी भन्दा १० हात अघि गएर निन्दा भत्र्सनामा अरु नै आइपुगे । त्यो निन्दा, भत्र्सनाको बुढो प्रतिनिधिको ठाउँमा नयाँ प्रतिनिधि आए, जवान प्रतिनिधिहरु आए । ओलीले जे गर्नुभयो, त्यसको लागि १५ वर्ष हामीले हाम्रा विद्यार्थीहरुलाई पढाउनुपर्छ । नेपालले के गुमायो भन्दा शिक्षाका क्षेत्रमा मात्रै १० वर्षमा भइसक्ने, ५ वर्षमा भइसक्ने हाम्रो सार्वजनिक शिक्षा गुणस्तरीय भइसक्ने निजी र सार्वजनिक शिक्षाको विभेद हटिसकेको हुने, र सबै नेपालीले ख्याल गर्नुहोला । यो नारा सबैलाई शिक्षा र गुणस्तरीय शिक्षा हुने थियो । त्यो अवसर ओलीजीका कारणले, ओलीको प्रवृत्तिको कारणले नेपाली राजनीतिमा, नेपाली बाम आन्दोलनमा पसेको ओली प्रवृत्तिका कारणले सम्भावना टुटेको छ । ओलीजीका कारणले नेकपा एमाले झनै संकटग्रस्त बन्दैछ । संकटग्रस्तलाई पार्टीभित्र बस्न अझ बढी ओलीको भक्ति चाहिन्छ ।’

राजनीतिमा अहिले घृणित संस्कृति हामी भइरहेको बताउनु भयो । उहाँले गठबन्धनमा काँग्रेससँगै आफूहरु रहेपनि काँग्रेस आफूहरुको सिद्धान्त नभएको र गठबन्धन आफूहरुको भाग्य भ्विष्य नभएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?