‘जोवन ढलढल’ भन्दै सन्दीप र समीक्षा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सन्दीप न्यौपाने र समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘जोवन ढलढल’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द, श्रीधर अधिकारीको संगीत, केशव बडूको एरेञ्ज र कुमार रानाको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जेरी भण्डारीको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा सन्दीपसँगै उषा उप्रेती, सुस्मिता कोइराला र शिवु खनालले कम्मर मर्काउनुभएको छ ।

अमर रावलको सहायक कोरियोग्राफी, राजेश घिमिरेको छायांकन, मनोज कार्कीको सम्पादन/कलर, सीता मगरको मेकअप रहेको गीतको भिडियो गायक न्यौपानेको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

सन्दीपको यसअघि ‘लालुमै’, ‘सान्नानी’, ‘दिलमाया’ लगायतका गीतले निकै चर्चा पाएका थिए भने उहाँको केही समयअघि ‘पान पाते ओठ’ गीत सार्वजनिक भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?