रास्वपाको उद्योग समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिको सभापतिका चयनका लागि हुने निर्वाचनको आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

समिति सभापतिमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच भागबन्डा भएको छ । उनीहरुका उम्मेदवारविरुद्ध रास्वपाले उम्मेदवारी दिने भएको हो ।

सत्ता गठबन्धन र प्रमुख विपक्षीबीच भएको भागबन्डामा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापति जनमत पार्टीको भागमा परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?