नबिललाई ‘सेल्स एक्सिलेन्स अवार्ड’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नबिल बैंक बैंक तथा वित्तीय संस्थाको विधातर्फ ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरसिप एकेडेमीद्वारा शुक्रबार आयोजित ‘सेल्स समिट’ बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो । मर्जर एक्विजिसनपछिका वर्षहरूमा बैंकमा हुने समायोजनका कारण व्यवसाय वृद्धिमा असर पर्ने सामान्य अवस्थाभन्दा भिन्न हिसाबले नबिल बैंकले आर्थिक वर्ष २०७९/०८० मा बैंकिङ क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गर्न सफल गरेकाले अवार्डमा छनोट भएको आयोजकले जनाएको छ । नबिलले १८ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिका दुई सय ६५ शाखा र दुई सय ९८ एटिएममार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?