मलेसिया । एसोसियसन अफ प्रि स्कुल एडुकेर्टस नेपाल (अपेन) को ३४ सदस्यीय टोली सप्ताहव्यापी भ्रमणका लागि मलेसियाको राजधानी क्वालालम्पुर आइपुगेको छ ।
इन्टरनेशनल प्रोग्राम अन अर्ली चाइल्डहुड एजुकेसन एण्ड स्टडी भिजिट टु प्रि स्कुल इन मलेसिया एण्ड सिंगापुर कार्यक्रम अन्तर्गत टोली सप्ताहव्यापी भ्रमणका लागि मलेसियाको राजधानी क्वालालम्पुर आइपुगेको हो ।
टोलीमा अपेनका अध्यक्ष बद्रिप्रसाद दाहाल, महासचिव कृष्णकुमार बोहोरा, केन्द्रिय सदस्य तथा कानुन विभाग प्रमुख अनिल आचार्यसहित संस्थामा आवद्ध विभिन्न प्रिस्कुलका सञ्चालक तथा प्रिन्सिपलहरूको सहभागिता रहेको छ ।
ओपन युनिभर्सिटी मलेसियासँगको सहकार्यमा ३ दिनसम्म इनटरनेशनल प्रोग्राम अन अर्ली चाइल्डहुड एजुकेसन एण्ड स्टडी कार्यक्रमको आयोजना हुने संस्थाका अध्यक्ष बद्रिप्रसाद दाहालले बताउनु यभो ।
कार्यक्रम सम्पन्न गरेपछि सहभागि टोलीले मलेसिया तथा सिंगापुरका केही प्रिस्कूलहरूको भ्रमण समेत गर्ने बताइएको छ । टोली सप्ताहव्यापी भ्रमण सम्पन्न गरि भदौ १५ गते नेपाल फर्किने अध्यक्ष दाहालले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच