अस्पतालको समस्याबारे मानव अधिकार आयोगले थाल्यो अनुगमन

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङले जिल्ला अस्पतालको समस्याका बारेमा स्थलगत अनुगमन सुरु गरेको छ ।

सोमबार आयोगका प्रमुख उपसचिव गीता कुमारी दाहालले बिरामी तथा सेवाग्राही र अस्पतालमा कार्यरत चिकित्ससँग भेटेर अस्पतालको अनुगमन सुरु गर्नुभएको हो ।

अस्पतालको सेवा तथा सुविधाका बारेमा राम्रा तथा नराम्रा समाचार सञ्चारमाध्यममा लगातार प्रकाशित भएपछि समाचारमा भएजस्तै हो त ? भनेर मंगलबारदेखि अनुगमन गरिएको आयोगका प्रमुख तथा उपसचिव दाहालले बताउनुभयो । अनुगमन गर्दा समाचारमा आएजस्तै समस्या भेटियो । समस्याको चाङ अस्पतालमा देखियो ।

अस्पताल अति संबेदनशील ठाउँ भएकाले गम्भीर रुपमा लिएर अनुगमन र अनुसन्धानको प्रेसेस सुरु गरेका छौ । अनुगमन तथा अनुसन्धान, पत्रचार लगायत सम्पूर्ण प्रक्रिया पूरा गरेर फायल तयार गरी आयोगको केन्द्रीय कार्यालय पठाउँछौ । फायल अध्ययन गरेर सरकारलाई निर्देशन गर्ने र अस्पतालका बारेमा सत्यतथ्य प्रेस रिलिजमाफर्त सार्वजनिक गर्ने काम केन्द्रीय कार्यालयले गर्नेछ । दाहालले भन्नुभयो ।

अनुगमनपछि तत्काल अस्पताल सञ्चालन व्यवस्थापन समिति अध्यक्ष सन बहादुर राईलाई फोन गरेर वास्तविक समस्या भएको जानकारी गराउँदै सुधार गर्नलाई सुझाव दिईएको उहाँको भनाई छ । अस्पताल सञ्चालन व्यवस्थापन समिति अध्यक्ष राई हाल राजधानीमा छन् ।

अस्पतालकै विषयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई सम्पर्क गर्दा उहाँको फोन अफ रहेको दाहालले बताउनुभयो । ७ भदौमा जिल्ला अस्पताल खोटाङको सेवालाई लिएर चौतर्फी आलोचना भएपछि अस्पतालको कामकाज र सेवा सुविधाका वारेमा श्रृङखलाबद्ध समाचार बाहिर आईरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?