मुक्तिनाथलाई थप दुई संस्थाको सेवामा छुट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले अर्घाखाँचीको सन्धिखर्कस्थित एभरेष्ट वल्र्ड होटल र छायाँ अस्पतालसँग छुट पाउने भएका छन् । सम्झौताअनुसार बैंकका ग्राहकले एभरेष्ट वल्र्ड होटलमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

त्यस्तै, छायाँ अस्पतालका विभिन्न सेवा बेड चार्ज, सर्जरी, चेकअप, ओपिडी, ल्याब टेष्टहरूमा पनि १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मुक्तिनाथ बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्थासमेत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?