नेपालको वैदेशिक ऋण भन्दा आन्तरिक ऋण वृद्धि भइरहेको छ : पूर्वअर्थमन्त्री पाण्डे

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋण भन्दा पनि आन्तरिक ऋण वृद्धि भइरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अन्य देशको भन्दा फरक समस्या रहेको भन्दै पछिल्लो ७ वर्षको अन्तरालमा मात्रै १० खर्ब बढी आन्तरिक ऋण बढेको बताउनु भयो । पूर्वमन्त्री पाण्डेले नेपालको वाह्य र आन्तरिक ऋण बराबर जस्तो रहेको उल्लेख गर्नुभयो ।

उहाँले आन्तरिक ऋणको वृद्धि तिब्र रुपमा बढ्दै गएकाले आगामी दिनहरुमा आन्तरिक ऋण वैदेशिक ऋण भन्दा बढी हुने अवस्था देखिएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब आन्तरिक ऋण लिने घोषणा रहेको भन्दै वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा सबै लिनुपर्ने देखिएको बताउनु भयो ।

उहाँले सरकारलाई आन्तरिक ऋण चुनौति र महँगो दुबै भइरहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्ष सरकारको लागि थप चुनौति र जटिलता रहेको बताउनु भयो । उहाँले सरकारले चालु आर्थिक वर्षको पहिलो महिना देखि नै लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको बताउनु भयो । पूर्वमन्त्री पाण्डेले भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने र यता सरकारले १३ प्रतिशत भिएटी लगाउने कुराले अर्को वर्ष मान्छेहरु खान नपाएर मर्ने अवस्था आउन सक्ने बताउनु भयो ।

उहाँले आन्तरिक उत्पादन छैन तर सरकारले कर लगाएको भन्दै खाद्यान्न लगायतका वस्तुहरु महँगो हुने र जनता मारमा पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले सरकारले ६ प्रतिशत मूल्यवृद्धि कायम गर्ने भनेपनि १० प्रतिशत माथि मूल्यवृद्धि पुग्ने लक्षण देखिएको दाबी गर्नुभयो । उहाँले बल,वुद्धि र पैसा भएकाहरु युवाहरु विदेश जाने पठाएर केही नभएकाहरुलाई लिएर सरकारले देश बनाउने कुराले मुलुक समृद्ध हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय देशको वैदेशिक ऋण वृद्धि भयो भन्ने छ । तर नेपालको विदेशी ऋण भन्दा पनि पछिल्ला दिनहरुमा आन्तरिक ऋण बढी रहेको छ । अरु देशहरुको भन्दा परक समस्या छ । ५ देखि ७ वर्षको अन्तर्रालमा नेपालको १० खर्ब माथि आन्तरिक ऋण बढ्यो । नेपालको वाह्य र आन्तरिक ऋण बराबर जस्तो छ । जुन आन्तरिक ऋणको वृद्धि तिब्र छ । अब आउने दिनहरुमा आन्तरिक ऋणले वैदेशिक ऋण भन्दा बढी हुन्छ । चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब जति छुट्याएको छ । अहिलेको अवस्था हेर्दा सबै लिने अवस्था देखिएको छ । राजश्व संकलन भइरहेको छैन । नेपाललाई आन्तरिक ऋण चुनौती र महँगो छ । कम्तिमा १० प्रतिशत ब्याजमा लिइरहेका छौं । यो कुरालाई सरकारले कसरी सम्बोधन गर्नसक्छ । यो वर्ष एकदमै चुनौति र जटिलता रहेको छ । अर्थमन्त्री कति सिरियस हुनुहुन्छ थाहा भएन । पहिलो महिनादेखि नै लक्ष्य अनुसारको राजश्व संकलन हुन सकेको छैन । भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने भनेको छ । यता सरकारले १३ प्रतिशत भिएटी लगाउने कुरा गरेका छौं । अर्को वर्ष मान्छेहरु खान नपाएर मर्ने त होइनन् । आन्तरिक उत्पादन छैन तर सरकारले कर लगाएको छ । यसले खाद्यान्न लगायतका वस्तुहरु महँगो हुने र जनता मारमा पर्ने अवस्था छ । सरकारले ६ प्रतिशत मूल्यवृद्धि कायम गछु भने पनि १० प्रतिशत मूल्यवृद्धि पुग्ने लक्षण देखिएको छ । यो वर्ष धेरै चुनौतिहरु देखिन्छन् । अर्को नेपालका युवाहरु पढेका,पैसा भएका र बल भएकाहरु पनि बाहिर गइरहेका छन् । बल,वुद्धि र पैसा भएकाहरु विदेश जाने अनि केही नभएकाहरुलाई लिएर हामीले देश बनाउने कुरा गरेका छौं ।’

उहाँले नेपालमा भारत र चीनबाट मात्रै ठूलो सख्यामा पर्यटक भित्र्याउनसके भने अर्थतन्त्रमा ठूलो स्पेस रहेको बताउनु भयो । उहाँले मुलुक आर्थिक रुपमा समृद्ध हुनको लागि विदेशी मुलुकहरुको सहयोग पनि अपरिहार्य रहेको बताउनु भयो । उहाँले अवसर नदेखेर विदेश जाने युवाहरुलाई स्वदेशमा नै राखेर मुलुकको क्षमता विकास गरी स्वरोजगार बनाउन सक्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?