प्रज्ञा प्रतिष्ठानमा गुञ्जिनुभयो रायमाझी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वरिष्ठ लोकगायक, संगीतकार, चलचित्र निर्देशक एवं स्रष्टा नारायण रायमाझी नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गुञ्जिनुभएको छ । उहाँ शुक्रबार भएको एकल साँझमा गुञ्जिनुभएको हो । ‘नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ’मा रायमाझीले सबै शैलीका सदावहार लोकप्रिय गीत संगीत प्रस्तुत गर्नुभएको थियो । हलमा प्रवेश नपाएका दर्शकले प्रज्ञाको डबलीमा डिजिटल स्क्रिन रायमाझीलाई सुनेका थिए । यसअघि निःशुल्क भनिए पनि एक हजार प्रवेश शुल्क राखेपछि धेरै दर्शक हलमा प्रवेश गर्न पाएनन् ।

स्रष्टा रायमाझीले ‘मलाई सम्झी रेलिमै (कार्गिल)’ देखि ‘फुलबुट्टे चोलीमा’, राम्दीपुल तर्ने बित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाईलगायत गीत प्रस्तुत गर्नुभएको थियो । रायमाझीसँगै सहकार्य गरेका अन्य कलाकारको पनि साथसाथै प्रस्तुति रहेको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले उक्त एकल साँझको आयोजना गरेको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती, वरिष्ठ कलाकार निर शाह लगायतको उपस्थिति थियो । सो अवसरमा विवाहमा छोरीलाई बिदाई गर्ने बेला बुवाले दिने आशिर्वादलाई समेटेर बनाइएको स्रष्टा रायमाझीको नयाँ मार्मिक गीत सार्वजनिक गरिएको थियो । स्रष्टा रायमाझी २०४२ सालदेखि निरन्तर लोकगीत, संगीतमा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?