प्रभु क्यापिटल र होस्टे हैंसेबीच सहकार्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रभु क्यापिटलले बालबालिकालाई लक्षित गरी सञ्चालनमा ल्याएको लगानी व्यवस्थापन सेवाअन्तर्गत होस्टे हैंसेसँगको सम्झौता नवीकरण गरेको छ । सम्झौताअनुसार बालबालिकाका लागि प्रभु लिटिल क्याम्प्स नामक लगानी व्यवस्थापन सेवा (पिएमएस) लिएबापत एकजना गरिब तथा पिछडिएको बालबालिकाको विद्यालय खर्र्च क्यापिटलले बेहोर्नेछ ।

प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत रूपमा समाजमा योगदान गर्ने उद्देश्यले सुरुवात गरेको यस योजनामा जोडिएर आफ्ना छोराछोरीको उज्ज्वल भविष्य सुरक्षित गर्दै लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा समेत सहयोगी बन्न सकिने कम्पनीले जनाएको छ ।

छोराछोरीका लागि लगानीसँगै शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग भन्ने मूल नारासहित सञ्चालन गरिएको योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरेको हो । यस पिएमएस सेवाको लगानी अवधि पाँच वर्ष, हर्डल रेट आठ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क (एएमसी) दुई प्रतिशत, मुनाफामा लाग्ने शुल्क २० प्रतिशत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?