बालरोग विशेषज्ञ डा.दुर्गा प्रधानको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ । उपचारका क्रममा उहाँको वेष्टर्न अस्पताल नेपालगञ्जमा शुक्रबार दिउँसो २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान खलंगामा डा. प्रधान वि.स.२००२ सालमा जन्मिनुभएको थियो ।

आफ्नो करियरको २४ बर्ष नेपालगञ्जको भेरी अस्पतालमा बिताउनुभएका डा. प्रधानका श्रीमती र तीन छोरा हुनुहुन्छ । सेवा निवृत्त भएपछि भने उहाँले नेपालगञ्जमा त्रिपुरा बाल अस्पताल संचालन गरेर बालबालिकाको उपचार सेवा दिँदै आउनुभएको थियो । वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रधानले यसक्षेत्रका लाखौं बालबालिकाको उपचार गर्नुभएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि डा. प्रधानलाई गएको ४ भदौदेखि वेष्टर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उहाँ लामो समयदेखि सुगरको समस्याले ग्रसित हुनुहुन्थ्यो । डा. प्रधान पछिल्ला दिनहरूमा फोक्सोको टिबी, कलेजो र मिर्गौलाको समस्या लगायतले ग्रस्त हुनुहुन्थ्यो । यसक्षेत्रका चिकित्सकहरूका अभिभावकसमेत रहनुभएका डा. प्रधानको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?