रेनुका रिजालको निर्देशनमा ‘तीज आयो संगीनी’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रेनुका रिजालको निर्देशनमा रहेको तीज गीत ‘तीज आयो संगीनी’ सार्वजनिक भएको छ । पार्वती बुढाथोकीको शब्द, संगीत, स्वर र सञ्जय श्रीपालीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विनिता महर्जन, हरिवंश पन्त, रसविता रिजाल, कविन्द्र तामाङ, प्रकाश लामिछाने, प्रनिता खडका, सुसमिता पौडेललगायतको अभिनय रहेको भिडियोमा रियान्शा बुढाथोकी, सोनाली गुरुङ र लुगिसा चुनारा बाल कलाकार हुनुहुन्छ ।

वेदबहादुर बुढाथोकी (रोशन)को कोरियोग्राफी रहेको भिडियोमा नरेश खरेलको मेकअप, विष्णु शर्माको सम्पादन र केशव अधिकारीको छायांकन छ । नारायण रिजाल निर्देशक सल्लाहकार रहेको भिडियो हाइलाइट्स नेपालमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?