बैतडीमा करेन्ट लागेर एक महिला गम्भीर घाइते

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा करेन्ट लागेर एक महिला गम्भिर घाइते हुनु भएको छ । जिल्लामा डिलासैनी गाउँपालिका–६ बांगाबगडका अम्मर नाथकी ४० वर्षीया श्रीमती कलावती नाथ करेन्ट लागेर गम्भिर घाइते भएकी छन् ।

सोमबार दिउँसो १ बजेको समयमा घाँस काटेर घर फर्किने क्रममा जमिन नजिकै लत्किएको थ्रीफेसको तारमा घाँसको भारी छोइनगई करेन्ट लागेर गम्भिर नाथ घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक खेम बिक्रम केसीले जानकारी दिनुभयो । घाइते नाथलाई नेपाली सेनाको हेकिप्टर मार्फत नेपालगंज रेफर गरिएको उहाँले बताउनुभयो ।

आफन्त समेत रहनु भएका तिलक सिंह मालका अनुसार विद्युत वितरण केन्द्रको लापरवाहीका कारण करेन्ट लागेको बताउनु भयो । घाँसको भारीले छोइने तरिकाले विद्युत लाईन विस्तार गरिएको उहाँले बताउनुभयो । घाइते नाथको शरीरको विभिन्न ठाउँ जलेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?