प्रथम स्थानमा चेरीको टिग्गो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जेडी पावरले चेरीको टिग्गो सिरिज सार्वजनिक गर्दै आफ्नोे एपिएल अध्ययन प्रकाशित गरेको छ । मध्यम आकारका किफायती ‘एसयुभी’मा टिग्गो ७ पहिलो स्थान र मध्यम आकारका एसयुभीमा टिग्गो ८ पहिलो स्थान जित्न सफल भएका छन् ।

कम्पनीका अनुसार यस्ता विश्वसनीय र चर्चित अवार्डबाट सम्मानित हुनु चेरीको गुणस्तर र आकर्षणको प्रमाण हो । नियमित रूपमा अनुसन्धान प्रतिवेदन प्रकाशन गर्दै आइरहेको जेडी पावरले अहिले चिनियाँ बजारमा पनि स्थान ओगट्न थालेको छ ।

२१औँ वर्षमा आइपुग्दा जेडी पावरको एपिएल अध्ययनले जुन २०२२ देखि मार्च २०२३ सम्म किनिएका ३५ हजार एक सय ५५ इन्धन गाडीलाई आफ्नो अध्ययनमा समेटेको छ । अध्ययनमा २०२२ डिसेम्बरदेखि २०२३ मेसम्म ८१ मुख्य चिनियाँ शहरमा फरक-फरक ४८ ब्राण्डका दुई सय ३० मोडेल सामेल गरिएको थियो ।

२०२३ मा चीनको इन्धन यातायात उद्योगले सात सय ३८ अंक वृद्धिसँगै हालसम्मकै उच्च सूचांक छोएको छ, जुन अघिल्लो वर्षभन्दा आठ अंकको सुधार हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?