युएईसँगको खेल रद्द भएसँगै नेपाल समूह उपविजेता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मलेसियामा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने तय भएको दुई देशबीचको खेल वर्षाका कारण टससमेत हुन नसकेपछि दुवै टोलीले एक-एक अंक बाँडेका छन् ।

यससँगै युएई समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनलमा पुग्यो । दुवै टोलीले समान पाँच खेलमा नौ अंक जोड्दै नेटरनरेटका आधारमा विजेता र उपविजेता टोलीका रूपमा सेमिफाइनलमा पुगेका हुन् । नेपालले अब समूह ‘बी’ को विजेतासँग यही भदौ २२ गते सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके सन् २०२४ मा हुने ग्लोबल टी-२० विश्वकप छनोट खेल्न पाउनेछ ।

त्यसैगरी समूह ‘बी’ मा हङकङ तीन खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । थाइल्याण्ड पनि समान तीन खेलमा पाँच अंकका साथ दोस्रो स्थानमा छ । उक्त खेलको विजेतासँग नेपालले सेमिफाइनलमा खेल्नेछ भने युएईले उपविजेतासँग खेल्नेछ ।

यसअघि नेपाल समूह चरणको खेलमा अपराजित रहेको थियो । नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई तीन विकेट र कतारलाई नौ विकेटले पराजित गर्दै विजयी भएको हो ।

उता समूह ‘बी’ मा हङकङ तीन खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । थाइल्याण्ड तीन खेलमा पाँच अंकका साथ दोस्रो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?