डेंगु संक्रमणबाट काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका-१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको आज (बिहीबार) बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उहाँ पाँच दिनअघि डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको उपचारकै क्रममा निधन भएको कांग्रेस नेता सुशील भट्टले बताउनुभयो ।

रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति समेत हुनुहुन्थ्यो। उहाँ यसअघि पनि काठमाडौं महानगरपालिका-७ बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

उहाँ टिकटकदेखि सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहँदै आउनुभएको थियो ।

कामनपा १६ वार्ड अध्यक्ष तथा ने.का. काठमान्डौ ७ का क्षेत्रिय सभापती श्री मुकुन्द रिजाल को उपचारको क्रममा ग्राण्डीअस्पतालमा निधन भएको छ ।हार्दिक श्रद्दान्जली भाई… भाईको स्वर्गमा बास होस 💐🙏 pic.twitter.com/4vGzNT1bkU

— Sirjana Singh (@Sirjana_Singh) September 7, 2023

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?