कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डायलासिस सेवा सुचारु हुदै

हिमालय टाइम्स
Read Time = 3 mins

-विजय रावत
जुम्ला । कर्णाली प्रदेशको भरपर्दो सबैभन्दा ठुलो अस्पताल जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब डायलासिस सेवा सुचारु हुने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डायलासिस उपकरण (मेसिन) उपलब्ध गराएपछि डायलासिस सेवा सुचारु हुने प्रतिष्ठानका निर्देशक डा. राजिव शाहले जानकारी दिनुभयो ।

२०६८ सालमा स्थापना भएको प्रतिष्ठानमा मिर्गौला रोगीहरूको उपचार डायलायसिस सेवा दिने गरेको थिएन । मन्त्रालयले प्रतिष्ठानलाई ६ सेट डायलायसिस उपकरण उपलब्ध गराएपछि डायलायसिस सेवा सुचारु गर्ने तयारी गरिएको अस्पताल निर्देशक डा. शाहले बताउनुभयाे ।

शाहकाअनुसार अस्पतालमा मिर्गौला रोगी बिरामी आउने गरेका थिए तर उपचार डायलायसिसको उपकरण नहुँदा यसअघि रिफर गर्नुपरेको थियो । अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ । अस्पतालले आकस्मिक सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवा, डाइगनोस्टिक सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिँदै आएको प्रतिष्ठानले जनाएको छ ।

एकेडेमीतर्फ स्कुल अफ पब्लिक हेल्थ, स्कुल अफ नर्सिङ, स्कुल अफ मेसिन रहेको छ । स्कुल अफ नर्सिङमा स्टाफ नर्स, ब्याचलर इन मिडवाइफ्री, एमडी, बी फार्मेसी, नर्सिङ र एमबिबिएस अध्यापन गर्दै आएको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले बताउनुभयो ।

यस्तै, मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पताललाई पनि डायलायसिस उपकरण उपलब्ध गराएको छ । प्रदेश अस्पताललाई ४ सेट उपकरण उपलब्ध गराएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?