संघीय निजामति सेवा ऐन चाँडै संसदबाट पास भइ लागू हुनेछ : मन्त्री साह

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साहले संघीय प्रशासन प्रणाली थप मजबुत बनाउन संघीय निजामति सेवा ऐनको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनभुएको हो ।

उहाँले प्राविधिक कारणले संघीय निजामति सेवा ऐन आउन ढिलाइ भएपनि सरकारले मन्त्रीपरिषद्बाट पास गरी संसदमा पठाउने निर्णय भइसकेको भन्दै अब छिटै नै संसदबाट पारित भइ कार्यान्वयनमा जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले संघीय निजामति सेवा ऐन लागू भइसकेपछि संघीय निजामति सेवा मात्र नभइ प्रदेश र स्थानीय तहसम्मको धेरै अन्योलता पनि अन्त्य हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विकास, समृद्धि र सुशासनको व्यवसायिक र सिर्जनशिल हुन जरुरी छ । निजामति प्रशासनले निर्वाचन सम्पन्न गर्न प्राकृतिक र संकटको सफल व्यवस्थापन गर्न तथा राजनीतिक संक्रमणकालको व्यवस्थापन गर्न कोशेढुंगा प्रमाणित भइसकेको अवस्थालाई बिर्सिनु हुँदैन । संघीय प्रशासन प्रणाली थप मजबुत बनाउन संघीय निजामति सेवा ऐनको भुमिका महत्वपूर्ण हुने यथार्थ हो । विभिन्न प्राविधिक कारणले संघीय निजामति सेवा ऐन आज आउन धेरै ढिला भइसकेको अवस्थामा हालै यस मन्त्रालयबाट संघीय निजामति सेवा विधेयक अघि बढाइएकोमा यो ऐन संसदबाट छिटै पास भइ लागू हुनेछ । संघीय निजामति सेवा ऐन लागू भइसकेपछि संघीय निजामति सेवा मात्र नभइ प्रदेश र स्थानीय तहसम्मको धेरै अन्योलता पनि अन्त्य हुने विश्वास गरेको छु । ऐन पारित गर्न सबैको सहयोग र अपेक्षा पनि गर्दछु ।’

मन्त्री देवीले ऐन पारित गर्न सबैको सहयोग र अपेक्षा राखेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?