चितुवाको आक्रमणबाट अछाममा तीन जना घाइते

हिमालय टाइम्स
Read Time = 2 mins

अछाम । अछाममा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्।

जिल्लाको रामारोशन गाउँपालिका-६ भटाकाटियाकी अन्दाजी ३५ वर्षीया हैकला साउद घाइते हुनुभएको छ । हैकलालाई गोठको छाना नजिकै घाँस काट्नेक्रममा गोठको छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको हो।

यस्तै सोही पालिकाकै २१ वर्षीय सूर्यबहादुर साउद र ३७ वर्षीय जगत साउदलाई गोठभन्दा करिब पाँच सय मिटर टाढा मकैवारीमा घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताउनुभयो ।

चितुवाको आक्रमणबाट हैकलाको कुमको तलपट्टी चोट लागेको छ। घाइते तीनै जनाको स्थानीय स्वाथ्यचौकीमा उपचार भैरहेको छ। तीनै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक साउदले बताउनुभयो। चितुवाले आक्रमण गर्नेबित्तिकै हैकलाले हल्ला गरेकाले नजिकैका व्यक्तिहरू आएपछि चितुवा भागेको थियो।

दुई हप्ताअघि पनि सोही गाउँपालिका–७ सुतारमा एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?