सरकारलाई सांसद यादवको प्रश्न : किसानलाई मलको अभाव हुन नदिने योजना के छ ?

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजना के छ ? भनि सरकारलाई प्रश्न गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक यादवले मधेशमा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको रासायनिक मलको अभाव हुन नदिने स्पष्ट योजनाबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो । उहाँले विगतमा भएका अर्थमन्त्रीहरुले मलको अभाव नहुन नदिने भनेर चर्को भाषण गर्ने गरेकाले अव मलको अभाव हुने अवस्था आउन नदिन सरकारलाई सचेत गराउनु भयो । प्रमुख सचेतक यादवले जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउन पनि सरकारलाई दबाब दिनुभयो । उहाँले धनिलाई सामाजिक सुरक्षा भत्ता नदिने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रमुख सचेतक यादवले भन्नुभयो, ‘मधेशको सबैभन्दा खतरानाक अवस्था के हो भने रासायनिक मल हो । किसानको कुरा हामी गर्छौं । चर्को भाषण गर्छौं । सबै अर्थमन्त्रीहरुले रासायनिक मलको अभाव हुन दिँदैनौ भनेर भन्नुहुन्छ । कृषिमन्त्रीजी पनि आएर त्यसै फलाकी हाल्नुहुन्छ । बोल्नमा कोही पनि कम छैन । तर खाद्य चाहीँ पाउँदै पाउँदैन । के अर्थमन्त्रीजी यसपाली चाँही किसानलाई खाद्यको व्यवस्था गरि दिनुहुन्छ ? त्यो पनि किसानले नगदै पैसा दिन्छ । पैसा लिएर घुमी राखेको हुन्छ । तर पनि खाद्य पाउँदैन । सरकारसँग के प्लान छ के खाद्य यसपाली समयमै उपलब्ध गराउन सक्छौं त ? सरकारले यो विषय स्पट गर्न जरुरी छ । अर्को वितरणमुखि भन्दा परिणाममुखि बजेट ल्याउन जरुरी छ । सामाजिक सुरक्षा भत्तामा गम्भिरतापूर्वक ध्यान दिन जरुरी छ । अर्बाैंपतिका बुबाआमाले पनि सामाजिक सुरक्षा भत्ता पाइराखेको छ । त्यसकारण गरिव को हो, धनि को हो ? त्यसलाई छुट्टयाएर मात्रै सामाजिक सुरक्षा भत्ता दिन जरुरी छ । ’

प्रमुख सचेतक यादवले बजेट वितरणमुखी भन्दा पनि परिणाममुखि हुनुपर्ने सुझाव पनि सरकारलाई दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?