इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी अभाव, नागरिकता लिन सकस

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प भएको छ । कार्यालयमा कर्मचारीको अभाव हुँदा  नागरिकता वितरण कार्य बन्द  जस्तै छ ।

सिंजा क्षेत्रमा पर्ने हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको इलाका प्रशासनले नागरिकता वितरण गर्दै आएको थियो । सेवाग्राहीलाई नागरिकता लिने निकै सहज हुने गरेको थियो । अहिले सो सेवा बन्द हुँदा नागरिकहरुलाई फेरि दु:ख भएको स्थानीय दलसिंह रोकायाले बताउनु भयाे ।

इलाका प्रशासनमा नागरिकता लिने मानिसहरु गईरहेका हुन्छन् तर कर्मचारी नभएको भन्दै फर्किने गरेका छन् । इलाका प्रशासन कार्यालय नराकोटमा केही दिनदेखी कार्यालय प्रमुख नहुदा सेवा लिन आएका सेवाग्राही सेवा नलिएर घर पर्केने गरेको सिंजा स्थानीयवासी बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार हप्ता, दश दिन अगाडि त्यहाँ निमित्तको रुपमा खटाएका नायव सुब्बा सुरत गिरीको अर्कै ठाउँ सरुवा भएपछि अर्को कर्मचारी खोजी भईरहेको छ । आफुले त्यहाँको कर्मचारी व्यस्थापन गरिदिन भनी गृह मन्त्रालयमा माग गरिसकिएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयमा कर्मचारीको व्यवस्था नहुदासम्म जिल्ला सदरमुकाम खलंगाबाटै नागरिकताको सेवा प्रवाह लिने सकिने जुम्ला प्रजिअ घिमिरेको भनाइ छ ।

ईलाका प्रशासन कायालय नराकोटमा अधिकृत स्तरको दरवन्दी रहेपनि कर्मचारीको अभाव रहेको छ । मन्त्रालयले पनि कर्मचारी पठाउन सकेको छैन् । सरकारले अधिकृत स्तरको कर्मचारी पठाउन सकेको छैन । अधिकृत स्तरको कर्मचारी नहुदा पाँचबर्ष अनुभव भएका नायव सुब्बालाई खटाउने व्यवस्था रहेपनि सो सहर कर्मचारी आउन नमान्दा समस्या आएको इलाका प्रशासन कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?