लिबियामा तटबन्ध भत्किदा ५२ सय बढीको मृत्यु, १० हजार बढी बेपत्ता

हिमालय टाइम्स
Read Time = 3 mins

काहिरा । लिबियामा आएको बाढीले धेरै सहरमा क्षति पुर्याएको छ । बाढीको सबैभन्दा बढी असर डेर्ना सहरमा परेको छ, जहाँ अहिलेसम्म सात सय मानिस पुरिएका छन् ।

सो बाढीमा परी १० हजार जना बेपत्ता भएकाले मृत्यु हुनेको संख्या धेरै हुन सक्छ। यहाँ वर्षा र बाढीले बाँध भत्काएर छिमेकी क्षेत्र पनि बगाएको छ । हालसम्म देशभर ५,२०० भन्दा बढीको मृत्यु हुने आशंका गरिएको छ।

भीषण बाढीका कारण उद्धार टोलीले शव फेला पार्न सकेको छैन । लिबियाको पूर्वी सरकारका स्वास्थ्य मन्त्री ओस्मान अब्दुल जलीलले अवस्था नाजुक रहेको बताए। डेरना घटनास्थल पुगेका उस्मान अब्दुल जलीलले सहरका विभिन्न अस्पताल शवले भरिएको बताए । धेरै शव अझै डेरनामा भग्नावशेषमा छन् वा समुद्रमा बगेका छन् ।

डेर्ना सहरमा मात्रै २ हजार ३ सय मानिस मारिएको अधिकारीहरूले अनुमान गरेका छन्। रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघका लागि लिबियाका राजदूत तामेर रमादानले अभूतपूर्व बाढीका कारण १०,००० मानिस बेपत्ता भएको बताए।

प्रधानमन्त्री ओसामा हमादले दुई बाँध भत्किँदा धेरै बेपत्ता भएका र धेरैजसो बाँच्ने सम्भावना कम रहेको बताएका छन्।

लिबिया सरकारका अनुसार क्षति भएका अन्य सहरहरूमा सुसा, मार्ज र शाहत पर्छन्। हजारौं परिवार विस्थापित भएका थिए र बेनगाजी सहर र पूर्वी लिबियाको अन्य ठाउँमा स्कूल र अन्य सरकारी भवनहरूमा शरण लिएका थिए।

देर्ना सहरको मध्यभागमा रहेको पहाडबाट बग्ने वादी-डेरना नदीको तटबन्ध भत्किएपछि सबै आवासीय बस्ती ध्वस्त भएका छन् । कुनै समय खोलाबाट टाढैबाट अग्लो रहेका बहुतले भवन आंशिक रूपमा माटोमा पुरिएका छन । यहाँ जताततै शव छरिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?