सिप्रदी अटो पार्ट्स र टेक्नोसफ्टबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालि र डायनामिक टेक्नोसफ्टले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेतालाई इआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता गरेका छन् ।

सिप्रदी अटोपार्ट्स प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप केसीले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताको पहिलो चरणमा काठमाडौंका चार खुद्रा व्यापारी, श्रेया मोटर पार्ट्स, विजेता अटो पार्ट्स, कालीदेवी सेतीदेवी मोटर पार्ट्स र पाँचखाल अटो स्पेयरलाई इआरपी सफ्टवेयर दिइएको छ । उक्त सफ्टवेयर प्रयोग गरेर खुद्रा बिक्रेताले खाता र स्टक व्यवस्थापन गर्न सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?