सिट्रोनको फेस्टिभ अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालस्थित सिट्रोन गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले फेस्टिभ अफर २०८० सार्वजनिक गरेको छ । अफरअन्तर्गत नाडा अटो शोमा सिट्रोनका गाडी बुकिङ गर्ने ग्राहकले २५ हजार रुपैयाँसम्मको आकर्षक उपहार पाउनेछन् ।

सिट्रोन सी ३ किन्न चाहने ग्राहकले आकर्षक नगद छुटका साथै निःशुल्क बिमा र निःशुल्क करको सुविधा पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, सिट्रोनको विद्युतीय गाडी इ सी ३ खरिद गर्न चाहने ग्राहकले निःशुल्क बिमा र निःशुल्क सडक कर सुविधा प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकले नाडा अटो शोभरि निःशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?