ढाकाकुमार श्रेष्ठसँग पैसा मागेको आरोप लागेका मोहनजंग थापामाथि छानबिन भइरहेको छ : प्रमुख सचेतक परियार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाइदिने भनि पैसा माग गरेको आरोप लागेका पार्टीका नेतामाथि छानबिन भइरहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले पूर्व सांसद डा. श्रेष्ठसँग पैसा मागेको आरोप लागेका पार्टीका केन्द्रिय सदस्य मोहनजंग थापामाथि छानबिन भइरहेको बताउनुभएको हो । उहाँले आरोप प्रमाणित भए थापालाई पनि कारबाही गरिने बताउनु भयो । उहाँले छानबिन प्रक्रियालाई पनि छिट्टै टुंग्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी त्यसको पनि छानबिन गरिरहेका छौँ । जसरी उहाँले गरेका कुरा प्रमाणित भएर उहाँलाई पार्टीले जसरी कारबाही ग¥यो । त्यसैगरी उहाँले अहिले बोलेका कुराहरु सत्यतथ्य प्रमाणित भयो भने त्यहाँपनि कारबाही हुन्छ । हामी छानबिन गर्दैछौँ त्यो टुंग्याउँछौँ । चाँडै नै हुन्छ ।’

रास्वपाका पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन पार्टीलाई पैसा बुझाउनुपरेको भन्दै एक मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै उनलाई पार्टीले सांसद पदबाट पदमुक्त गरेको थियो । डा. श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूलाई मन्त्री बनाउने प्रलोभन दिँदै पार्टीको केन्द्रिय सदस्य मोहनजंग थापाले पैसा मागेको आरोप लगाउनुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?