स्कुल स्तरीय तीज नृत्य प्रतियोगितामा कौसल माध्यामिक विद्यालय प्रथम

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नृत्य निर्देशक संघ नेपाल, तारकेश्वर नगर कमिटीद्वारा आयोजित प्रथम स्कुलस्तरीय तीज नृत्य प्रतियोगिता बागमती प्रदेशका प्रदेश सभासदस्य इञ्जिनियर अमन मास्केको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उपत्यकाको २० स्कुलले भाग लिएको प्रतियोगितामा कौसल माध्यामिक बिद्यालय प्रथम, नवोदित विद्याकुञ्ज र शुभकामना स्कुल दोस्रो, त्रिलोक चिल्डेन एकेडेमी र स्प्रिङभ्याली स्कुल तृतीय भएका छन् ।

संस्थाका अध्यक्ष टेकबहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सचिव रवि कार्कीले स्वागत मन्तव राख्नुभएको थियो । कार्यक्रममा नृत्य निर्देशक संघ केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ, नृत्य निर्देशक संघ तार्केश्वर नगर कमिटी सल्लाकार एवं वरिष्ठ कलाकार उत्तम केसी, हिम रश्मि स्कुलका प्राध्यापक लोकेन्द्रबहादुर खड्का विशेष अतिथि रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?