काठमाडौं । हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अष्ट्रेलियामा निर्यात हुने भएको छ । हाइलाइफ एग्रो एण्ड फुड इण्डष्ट्रिजले अष्ट्रेलियाका लागि आफ्नो आधिकारिक बिक्रेतामा निलगिरी ग्रुप प्रालिलाई नियुक्त गरेको छ । निलगिरी ग्रुपका हेड अफ सेल्स एण्ड इन्टरनेसनल सोर्सिङ सचिन पोखरेलको उपस्थितिमा उक्त सम्झौता भएको हो । निलगिरीको आधिकारिक बिक्रेता नियुक्तिसँगै हाइलाइफको नेपाली उत्पादन अष्ट्रेलियामा निर्यात सुरु भएको छ ।
कम्पनीका अनुसार हाइलाइफका उत्पादन नेपालमा लोकप्रिय बन्न सफल छन् । अब अष्ट्रेलियामा पनि हाइलाइफका प्रोडक्ट धेरैको रोजाइमा पर्ने कम्पनीको दाबी छ । निलगिरी ग्रुपका लागि नेपालका कन्ट्री म्यानेजर अञ्जु बरालले भन्नुभयो, ‘अष्ट्रेलियामा धेरै नेपाली बसोबास गर्ने भएकाले नेपाली प्रोडक्टले अझै बढी माया पाउनेमा हामी विश्वस्त छौँ ।’ नेपाली बजारमा एफएमसिजी ब्राण्डमा आक्रामकरूपमा बजार विस्तार गर्न सफल हाइलाइफ ब्राण्डका चिउरा, कर्नफ्लेक्स, ओट्स, चिया सिड्स, सोयाबिन, ग्रिन टी, चिजबललगायतका उत्पादन रहेका छन् । कम्पनीले पहिलो चरणमा अष्ट्रेलियाका लागि हाइलाइफका उत्पादन निर्यात गरिसकेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच